कैलालीमा दशदिनसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लामा बिहिवार राति १२ बजे देखि १४ गते सम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच बुधबार बसेको बैठकले १० दिनसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

बिहिवार राति १२ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । उनले यो अवधीमा अत्यावश्यक बाहेकका सम्पूर्ण गतिविधि बन्द रहने बताए ।

खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षा जस्ता सेवा सञ्चालनमा भने रोक नलगाइने उनले बताए। भदौं १४ गतेसम्म लागू हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुनेछन् ।

ताजा खबर

amazed