शेयेर गर्नुहोस
मान बहादुर ठकुल्ला, टीकापुर । सशस्त्र प्रहरी बेश क्याम्प खक्रौलाले दुई वटा छुट्टाछुट्टै स्थानबाट १ सय ६ बोरी रसायनिक मल युरियासहित मल तस्करीमा प्रयोग डुङ्गासमेत बरामत गरेको छ ।
कैलालीको टीकापुर नगरपालिका वडा न ७ कालाकुण्डा बाट किसानले ल्याएको रसायनिक मल युरिया ४६ बोरी आज बिहान ११ बजे र टीकापुर नगरपालिका–९ खक्रौलाबाट ६० बोरि युरिया मलसहित डुङ्गा समेत मंगलबार राति करिब १० बजे नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरिक्षक पदम राज भट्टले जानकारि दिनु भयो ।
पक्राउ गरिएको मल र डुङ्गा सती भन्सार कार्यालय खक्रौला बुझाएको सशस्त्र प्रहरी निरिक्षक भट्टले जानकारी दिनुभयो ।बरामद गरिएको मल र डुङ्गा १ लाख २८ हजार मूल्य बराबरको रहेको बताइएको छ । सशस्त्र प्रहरीले मल तस्करीमा आबद्व दुईजना भारतिय नागरिकलाई पक्राउ गरेको र उनीहरुलाई राति नै भारतिय एसएसबी को जिम्मा लगाएको प्रहरीले बताएको छ ।
केहि दिन अगाडि टीकापुर नगरपालिकाको पहलमा स्थानिय सरोकारवालाहरु, प्रहरी, प्रशासनका प्रमुख सहितको सर्वपक्षीय बैठकले नेपालमा रसायनिक मल युरियाको अभाव भएकोले आपुर्ति गर्नका लागि किसानलाई भारतबाट युरिया मल ल्याउन दिने सहमति भएकोले सो मल किसानलाई फिर्ता दिनुपर्ने टिकापुर नगरपालिका–८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले बताउनुभयो ।