अछामका किशोरी मृत्यु प्रकरण – जनप्रतिनिधिद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

शेयेर गर्नुहोस

धनगढी । अछामका जनप्रतिनिधिहरुले दुई जना किशोरीको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बिहान गृहमन्त्री निवासमै पुगेर पूर्वमन्त्री तथा अछाम १ का सांसद शेरबहादुर कुँवर, अछाम २ का सांसद पुष्पबहादुर शाह र पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उहाँहरूसँग मन्त्री लेखकले घटनाको सुरुवातदेखि नै आफूले गम्भीरतापूर्वक लिएको बताए । नगरप्रमुख चलाउनेले जानकारी दिए । उहाँका अनुसार घटनाको छानबिनका लागि प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान थालेको छ ।

जिल्लाको ढकारी गाउँपालिका ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी शव फेला परेको थियो ।

शवको भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा पोस्टमार्टम भइरहेको छ । यस्तै, भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने अछामका पाँच जनाको परिवारलाई सरकारले राहत दिनुपर्ने विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्रीसमक्ष माग गर्नुभएको छ । साथै उहाँहरुले नेपालदेखि भारतमा काममा जाने मजदुरको बिमा गरिनुपर्ने धारणा राखे। गोरखापत्र

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed