अछाम किशोरी मृत्युु प्रकरण  : बिहे गर्न नमानेपछि हत्या गरेको आशंका,पाँच जना पक्राउ

शेयेर गर्नुहोस

अछाम । अछाममा शनिबार मृत फेला परेका दुई किशोरीको हत्या गरेको आशंकामा प्रहरीले हालसम्म पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।

अछाममा शनिबार मृत फेला परेका दुई किशोरीको हत्या गरेको आशंकामा प्रहरीले हालसम्म पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले एक जना किशोरीले बिहे गर्न नमानेपछि उनको हत्या भएको देखिएको छ । पक्राउ परेका १७ वर्षीय किशोरले मृत भेटिएकामध्ये एक किशोरीलाई बिहेका लागि दबाब दिएका थिए । तर, ती किशोरीले बिहे गर्न अस्वीकार गरेकी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १७ वर्षीय किशोर बिहेको दबाब दिन किशोरीहरू गोठाला गएको जंगलमै पुगेका थिए । उनका साथमा अरु साथीहरू पनि थिए । उनले बिहेका लागि निकै दबाब दिए । तर, किशोरीले मानिनन् । नमानेपछि भीरबाट खसालिदिए । घटनाबारे अर्की किशोरीले देखेपछि उनलाई समेत त्यसरी नै भीरबाट खसालिएको प्रहरीले जनाएको छ ।

यसअघि दुई जनालाई पक्राउ गरिएकोमा सोमबार थप तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको अछाम प्रहरी प्रमुख, डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । पक्राउ परेकाहरू ती किशोरीको भिनाजु नाता पर्ने रहेका प्रहरीले जनाएको छ ।

किशोरीहरूको शवको भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरिएको छ । अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा किशोरीहरूको टाउकोमा गम्भीर चोट देखिएको छ भने एक किशोरीको मेरुदण्ड नै भाँचिएको पाइएको छ ।

उनीहरूमाथि बलात्कार भएको हो वा होइन भन्ने परीक्षणका लागि भेरी अस्पतालले स्वाब संकलन गरेर विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ ।

अछामको ढकारी गाउँपालिका-८ पल्साताका दुई किशोरी शनिबार दिउँसो जंगलमा मृत अवस्थामा फेला परेका थिए । उनीहरू बाख्रा चराउन शुक्रबार जंगल गएका थिए ।

शनिबार दिउँसोसम्म सम्पर्कमा नआएपछि उनीहरूको खोजी थालिएको थियो । त्यसक्रममा गोठाला गएको जंगलमा करिब १६ मिटरको फरक दुई किशोरीको शव फेला परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले एक जना किशोरीले बिहे गर्न नमानेपछि उनको हत्या भएको देखिएको छ । पक्राउ परेका १७ वर्षीय किशोरले मृत भेटिएकामध्ये एक किशोरीलाई बिहेका लागि दबाब दिएका थिए । तर, ती किशोरीले बिहे गर्न अस्वीकार गरेकी प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार १७ वर्षीय किशोर बिहेको दबाब दिन किशोरीहरू गोठाला  गएको जंगलमै पुगेका थिए । उनका साथमा अरु साथीहरू पनि थिए । उनले बिहेका लागि निकै दबाब दिए । तर, किशोरीले मानिनन् । नमानेपछि भीरबाट खसालिदिए । घटनाबारे अर्की किशोरीले देखेपछि उनलाई समेत त्यसरी नै भीरबाट खसालिएको प्रहरीले जनाएको छ । 

यसअघि दुई जनालाई पक्राउ गरिएकोमा सोमबार थप तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको अछाम प्रहरी प्रमुख, डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । पक्राउ परेकाहरू ती किशोरीको भिनाजु नाता पर्ने रहेका प्रहरीले जनाएको छ ।

किशोरीहरूको शवको भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरिएको छ । अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा किशोरीहरूको टाउकोमा गम्भीर चोट देखिएको छ भने एक किशोरीको मेरुदण्ड नै भाँचिएको पाइएको छ । 

उनीहरूमाथि बलात्कार भएको हो वा होइन भन्ने परीक्षणका लागि भेरी अस्पतालले स्वाब संकलन गरेर विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ । 

अछामको ढकारी गाउँपालिका-८ पल्साताका दुई किशोरी शनिबार दिउँसो जंगलमा मृत अवस्थामा फेला परेका थिए । उनीहरू बाख्रा चराउन शुक्रबार जंगल गएका थिए ।

शनिबार दिउँसोसम्म सम्पर्कमा नआएपछि उनीहरूको खोजी थालिएको थियो । त्यसक्रममा गोठाला गएको जंगलमा करिब १६ मिटरको फरक दुई किशोरीको शव फेला परेको थियो । लोकान्तर

amazed