आज राती १२ बजेदेखि १४ गतेसम्म कञ्चनपुर जिल्लामापनि निषेधाज्ञा

शेयेर गर्नुहोस


कञ्चनपुर । कञ्चनपुर जिल्लामा पनि आज राति १२ बजेदेखि १४ गते सम्म निषेधाज्ञा जारी गरिएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा समेत रोक लगाइएको छ । सम्पुर्ण व्यापार व्यवसाय समेत सञ्चालनमा रोक लगाईएको छ ।
प्रशासनले औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्क उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् भने अत्यावश्यक कार्यका लागि घर बाहिर जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नुपर्ने लगायतका निर्णय गरेको छ ।
यसैगरी कार्यालय प्रमुखले तोके बमोजिम न्युनतम संख्यामा कार्यालयमा उपस्थित हुने कर्मचारीले कार्यालयमा जान र फर्कन बिहान ९ः३० देखि १०ः३० सम्म र दिउसो ४ः३० देखि ५ः३० सम्म फोटो सहितको परिचयपत्र साथमा लिइ आवतजावत गर्ने निर्णय समेत गरेको छ ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed