टीकापुरमा १६ लाख ८९ हजार ६ सय मुल्यका मोबाईल डिस्प्ले सहित एक भारतीय पक्राउ

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । टीकापुरमा भन्सार चोरी निकासी गरी ल्याएको १६ लाखभन्दा बढी मुुुल्यको मोबाइल डिस्प्ले फोल्डरसहित एक भारतीय नागरिकलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको हो । आरआइटी र टीकापुर प्रहरीको संयुक्त टोलिले भारतको उत्तरप्रदेश स्थित लखिमपुर जिल्लाको खिरी तिकुनिया स्थायी घर भएका र हाल टीकापुर नगरपालिका वडा नम्बर १ मा भाडामा बस्दै आएका ३४ वर्षीय चाँद अलीलाई ठूलो संख्यामा तस्करी गरेर ल्याएको मोबाइल डिस्प्लेसहित रंगेहात पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले दिएको जानकारी अनुसार अलीले भाडामा बस्दै आएको कोठामा लुकाइछिपाई राखेको अवस्थामा करिब १ हजार २ सय ६७ वटा मोबाइल डिस्प्ले फोल्डर बरामद गरिएको हो, जसको मूल्य लगभग १६ लाख ८९ हजार ६ सय हुन आउँछ ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसूदन न्यौपानेका अनुसार गोप्य सुचनाको आधारमा उनको कोठामा बिहिवार दिउँसो प्रहरीले छापा हान्दा ठूलो संख्यामा रहेको उक्त सामान भेटिएपछी अलीलाई पक्राउ गरि सामान बरामद गरिएको हो ।

उनी अहिले मात्र नभएर लामो समयदेखि टीकापुरमै रहेर अवैध धन्दामा संलग्न रहेको एक श्रोतले जानकारी दिएको छ । उनले बरामद गरिएको सामानसहित पक्राउ व्यक्तिलाई आजै भन्सारमा बुझाउने तयारी भइरहेको जानकारी दिए । समाचार श्रोतले दिएको जानकारी अनुसार पक्राउ परेका अलीलाई मोबाइल डिस्प्ले भित्र्याउन नेपालीले सहयोग गरेका छन् । साथै पक्राउ परेका अलीले सामान भित्र्याउन स्थानीय एक युवाले सघाएको प्रहरी समक्ष बताएको कुरा श्रोतले जानकारी दिएको छ ।

प्रहरीले सामानसहित अलीलाई भन्सार कार्यालय खक्रौलामा पठाइसकेको र भन्सार कार्यालयले कानुन बमोजिम कारबाही गर्ने जनाएको छ ।

ताजा खबर

बान्द्रेले ल्याए सिरियल ‘मेरी आम्मै’

कैलालीको गोदावरीमा प्रहरीको छापा, ९ जुवाडे पक्राउ

कैलालीबाट चोरी मुद्दाका फरार धामी पक्राउ

कैलालीको जङ्गलबाट ८ जुवाडे पक्राउ

amazed