बैतडीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

शेयेर गर्नुहोस

बैतडी । बैतडीमा बेवारीसे अवस्थामा शव फेला परेको छ । बिहिबार बिहान जिल्लाको पाटन नगरपालिका वडा नं ८ स्थित आरुबाटा भिरमा बेवारीसे अवस्थामा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।

बिहिबार बिद्यार्थीहरुले भिरमा उक्त शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । अहिले प्रहरी चौकी खोडपेको टोली घटनास्थलमा खटिएको छ । शव भिरमा रहेकाले निकाल्न नसकिएको खोडपे प्रहरी चौकीका इन्चार्ज उदय खडायतले जानकारी दिए । 
शव निकाल्नको लागि इलाका प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ आइरहेको छ ।  
उक्त शव कसको हो भन्ने खुल्न नआएको प्रहरीले बताएको छ । 

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed