कार्य सम्पादनमा अछाममै ‘उत्कृष्ट’ बन्यो  मंगलसेन नगरपालिका,दोस्रो चौरपाटी

शेयेर गर्नुहोस

अछाम: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्लाकै पहिलो नम्बरमा  मंगलसेन नगरपालिका परेको छ । मंगलसेनले ६६.१ अंक प्राप्त गरि  उत्कृष्ट बनेको हाे ।

चौरपाटी गाउँपालिका जिल्लाकै दोस्रो भएको छ । जसमा चौरपाटी गाउँपालिकाले ५९.६ अंक प्राप्त गरेकोे छ । यस्तै पञ्चदेवल नगरपालिका ५८.३ अंकसहित तेस्रो, ५३.४ अंक ल्याएर साँफेबगर नगरपालिका चौथो बनेको छ ।

आयाेगकाे मूल्यांकनमा ५२.२ अंक ल्याउँदै मेल्लेख गाउँपालिका पाँचौ, ५०.६ अंकसहित कमलबजार नगरपालिका छैटौँ, ५०.२ अंकसहित तुर्माखाँद गाउँपालिका सातौँ स्थानमा छन् ।

यसैगरी ५० अंकका साथ बान्नीगढी जयगढ गाउँपालिका आठौँ, ४९.९ अंकसहित रामारोशन गाउँपालिका नौँ र ४७.७ अंक ल्याउँदै ढकारी गाउँपालिका दशौँ स्थानमा रहेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कन कार्य सम्पादनको नतिजा बुधबार सार्वजनिक गरेको हो ।

आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा सभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा सङ्घमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थाी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कका आधारमा मूल्याङ्कन हुने गर्दछ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *