कार्यसम्पादन मूल्यांकनमा पहिलोमा धनगढी हुदाँ चुरे गाउँपालिका अन्तिम स्थानमा

शेयेर गर्नुहोस

धनगढी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा कैलालीमा ६३।३ अंक सहित धनगढी उपमहानरपालिका पहिलो स्थानमा हुँदा ३९।२ अंक सहित चुरे गाउँपालिका जिल्लामा अन्तिम स्थानमा रहेको छ । चुरे सुदूरपश्चिममै सबैभन्दा कम अंक सहित पुछारमा रहेको छ । कैलालीको गोदावरी नगरपालिका जिल्लामा पाँचौ स्थानमा रहेको छ । गोदावरी ५८।७ अंक सहित पाँचौँ स्थानमा रहेको हो ।

यस्तै जानकी गाउँपालिका दोस्रो स्थानमा रहेको छ, जसको अंक ६३।१ रहेको छ । बर्दगोरिया गाउँपालिका ६२।७ अंकसहित तेस्रो स्थानमा रहेको छ भने घोडाघोडी नगरपालिका ६१।७ अंकसहित चौथो स्थानमा रहेको छ । पाँचौँ स्थानमा गोदावरी हुँदा छैटौँ स्थानमा ५४।६ अंकसहित कैलारी गाउँपालिका रहेको छ । टीकापुर नगरपालिका ५२।७ अंकसहित सातौँ, जोशीपुर गाउँपालिका ५०।४ अंकसहित आठौँ, गौरीगगा नगरपालिका ४७।१ अंकसहित नवौँ र भजनी नगरपालिका ४७।१ अंकसहित दशौँ स्थानमा रहेका छन् । लम्की चुहा नगरपालिका, मोहन्याल गाउँपालिका, चुरे गाउँपालिका क्रमशः ४४।४, ४०।५, र ३९।२ अंक प्राप्त गर्दै सूचीको अन्तिम तीन स्थानमा रहेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका देश भरी नै पहिलो स्थानमा पर्न सफल भएको छ । अमगरगढी ८१ । ७ अंक सहित देशभरमै पहिलो स्थानमा पर्न सफल भएको हो । आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा देशभरमा ८०।२ अंक सहित इलामको सुर्योदय नगरपालिका दोस्रो स्थानमा रहेको छ भने ८०।१ अंक सहित अर्घाखाँचीको सन्धीखर्क नगरपालिका तेस्रो स्थानमा रहेका छन ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed