धनगढीबाट मध्यरातमा युवती सहित ९ जुवाडे पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढीबाट बिहीबार राती साढे ११ बजे २ युवती सहित ९ जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका – ४ मा डडेल्धुराको आलिताल गाउँपालिका – ३ की २८ वर्षीय पूजा खड्काले सञ्चालन गरेको होटेल सोल्टीबाट जुवाडे पक्राउ परेका हुन ।

गोप्य सूचनाको आधारमा प्रहरीले होटेलमा छापा हान्दा होटेल सञ्चालिका पूजा खड्का, सहित डडेल्धुराकै आलिताल गाउँपालिका – ७ का ४० वर्षीय गणेश थापा, अजयमेरु गाउँपालिका – ३ का ३७ वर्षीय ईश्वर पाण्डे, बैतडीको सिगास गाउँपालिका – ३ की २५ वर्षीय हिमा धामी, पुर्चौडी नगरपालिका – ८ का ५५ वर्षीय कालु सिंह धामी, पाटन नगरपालिका – ४ का ४१ वर्षीय सुरेन्द्र ऐर, कैलालीको गौरीगंगा नगरपालिका – ९ का ४१ वर्षीय लक्ष्मण खड्का, बझाङको थलारा गाउँपालिका – ३ का ३० वर्षीय मीन बहादुर भण्डारी र दुर्गाथली गाउँपालिका – ८ का ४३ वर्षीय सुरज दौल्याल पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १ लाख ९७ हजार ६७२ रुपैयाँ र २ गड्डी तास बरामद गरेको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed