टीकापुरलाई गुलाफको शहर बनाउने अभियान सुरु

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरलाई गुलाफको शहर बनाउने अभियानको उद्घाटन गरिएको छ । शुक्रबार प्रेम दिवसको अवसरमा औपचारिक रुपमा उद्घाटन कार्यक्रमको आयोजना र त्यसको समापनसंगै नगरपालिकाको प्रांगणमा गुलाफका बिरुवाहरु रोपेर उक्त अभियानको सुरु गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले औपचारिक कार्यक्रमका बीच उक्त अभियानको उद्घाटन गर्दै नगरपालिकाले सुरु गरेको यो अभियानमा सबैको उत्साहजनक सहभागीता देखेर खुशी लागेको बताए । मन्त्री चौधरीले बजारलाई गुलाफले रंगाउने अभियान सुरु गरेर टीकापुर पार्कलाई उपेक्षा नगर्न आग्रह गर्दै पार्कलाई अझै सबल रुपमा अगाडी लैजान सुझाव दिए । उनले बजारमा मात्र गुलाफका बोटहरु भए पार्कमा घुम्न को जाने भन्ने प्रश्न गर्दै गुलाफको शहर बनाउने दायित्व नगरपालिकाको मात्र नभएर सम्पुर्ण नगरबासीको पनि भएकाले सबैलाई यस अभियानमा हातेमालो गरेर अगाडी बढ्न आग्रह गरे ।

उनले टीकापुरलाई गुलाफको शहर बनाउदै गर्दा यहाँ एउटा चोकलाई गुलाफ चोक भनेर नामाकरण गर्नुपर्ने भन्दै नगरपालिका यससम्बन्धी आवश्यक नीति बनाएर अगाडी बढ्नुपर्ने धारणा राखे । मन्त्री चौधरीले आफ्नो मन्त्रालयको तर्फबाट फल दिने वा अन्य किसिमका १० हजार वा आवश्यकता अनुसार त्यो भन्दा बढी बोटबिरुवा नगरपालिकालाई उपलब्ध गराउने प्रतिबद्धता गर्दै यो अभियानलाई आफुले तन, मन र धनले सहयोग गर्ने बताए ।

उद्घाटन कार्यक्रमका बोल्दै प्रदेश सभा सदस्य ललिता सुनारले प्रेम दिवसका दिन सुरु गरिएको यो अभियानमा सबैलाई जोडिन आग्रह गरिन । कार्यक्रमको विशिष्ट अतिथिसमेत रहेकी उनले विगतमा पार्कमा जाँदा ५२ प्रकारका गुलाफहरु देखेकोमा पुनः पहिले जस्तै थुरै प्रकारका गुलाफहरु पार्कमा रोप्न नगरपालिकालाई आग्रह गरिन् ।

गुलाफको शहर बनाउने अभियानमाथी प्रकाश पार्दै टीकापुर नगरपालिकाका मेयर रामलाल डगौंरा थारुले टीकापुरमा नयाँ किसिमको पहिचान झल्काउने, टीकापुरलाई संसारभर चिनाउने र स्वर्गीय खडक बहादुर सिंहको टीकापुरलाई सुन्दर बनाउने सपना साकार पार्ने मुल मर्मका साथ गुलाफ सिटीको परिकल्पना गरिएको बताए । उनले विगतको जस्तो टीकापुर नभएर सुन्दर, स्मार्ट, ग्रीन र गुलाफमय टीकापुर बनाउन लागिरहेको बताए । मेयर थारुले यस अभियानमा नगरपालिका एक्लो नभएको बताउँदै यहाँका विद्यालय, संघसंस्था लगायतले हातेमालो गरिसकेको बताउदै उनीहरूले जमरा पुलदेखि बसपार्क सम्मको सडकको छेउछाउका तारजालीले घेरेर बनाइएको क्यारीहरुको जिम्मेवारी लिइसकेको बताए ।

मेयर थारुको अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का अध्यक्ष लालबिर चौधरीले गरेका थिए । कार्यक्रममा भागवत भूषण नारायण तिमिल्सिना, सिद्धार्थ ग्रुपका सिइओ कृष्ण न्यौपाने,  समाजसेवी एवं व्यवसायी टिकाराम जैशीले शुभकामना मन्तव्य राखेका थिए ।

यस अभियानमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र धनगढीले पाँच लाख आर्थिक सहयोग गरेको छ ।

ताजा खबर

नाइजेरियामा सङ्कटकाल घोषणा

‘सुपर जोन र जोन कार्यक्रम’ले बढायो उत्पादन

कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

amazed