शेयेर गर्नुहोस
टीकापुर । टीकापुरमा सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित भएका छन् । ३० औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) टीकापुर नगर समितिले उनीहरुलाई सम्मान गरेको हो ।
नगर समितिले एक कार्यक्रमका बीच ४१ सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको थियो । जसअन्तरगत सहिद भएकाहरुमा मंगल प्रसाद चौधरी चैनुराम चौधरी, शिवनारायण चौधरी, रामदास चौधरी, सुन्दर चौधरी, उर्मिला भट्टराई, धनप्रकाश डगौरा थारु, कर्णबहादुर चौधरी, चन्द्रबहादुर चौधरी, भुखाली थारु, प्रेम कुमार चौधरी, दानबहादुर पुन मगर, प्रेमबहादुर चौधरी, छोटेलाल चौधरी, राजकुमार चौधरी, शिव चरण चौधरी, श्रीदेवी चौधरी, सुन्दर चौधरी, सियाराम चौधरी, मुनिम चौधरी, खुसीराम चौधरी, खिदिया थरुनी, अमर रोकया, फुलराम चौधरी, प्रेमबहादुर चौधरी, रामप्रसाद डगौरा थारु, सुन्दर चौधरी, राजाराम चौधरी, खुसीराम चौधरी, हरिनारायण थारु, मोनिलाल चौधरी, शेरबहादुर रोकाया, उमबहादुर कार्की, जोक्खन चौधरी, वीरमान टमट्टा, मुनिम चौधरी, राजेश चौधरीका परिवारलाई सम्मान गरिएको हो । यस्तै बेपत्ताअन्तरगत दिलाराम वन, तीर्थ चौधरी, श्रीदेवी चौधरी, अम्मर बहादुर रोकायाका परिवारलाई पनि सम्मान गरिएको हो ।
नगर समिति अध्यक्ष धनसिंह साउदको अध्यक्षतामा भएको सम्मान कार्यक्रमको प्रमुख अतिथिमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नेपबहादुर चौधरी रहेका थिए ।
जनयुद्ध दिवसको अवसर पारेर नगर समितिले रक्तदान कार्यक्रम पनि गरेको थियो । उक्त कार्यक्रममार्फत ४१ पिन्ट रगत संकलन गरिएको जनाइएको छ ।
नगर समितिले अन्त्यमा बजार परिक्रमा गर्दै कोण सभा र दिप प्रज्वलन गरेर जनयुद्ध दिवस भव्य रुपमा मनाएको हो ।