बरुण र साराको ‘कुल्ली नम्बर १’ पनि डिजिटल प्लेटफर्ममा रिलिज हुने

शेयेर गर्नुहोस


भारतमा सिनेमा हलहरु कहिलेबाट खुल्छन् पत्तो छैन । दैनिक ५० हजार भन्दा धेरै कोरोना संक्रमित देखिएकाले पनि यो बर्ष सिनेमा हल खुल्छन् भन्न सकिने अवस्था छैन । यसैले पनि निर्माताहरुले रिलिजका लागि तयार भएका चलचित्रहरुलाई धमाधम डिजिटल माध्यमबाट रिलिज गर्न थालेका छन् ।

एक दर्जन भन्दा बढी चलचित्र डिजिटल माध्यमबाट रिलिज भैसकेका छन् । अब, नायक बरुण धवन र नायिका साराअली खान अभिनित चलचित्र ‘कुल्ली नम्बर १’ पनि डिजिटल रिलिज हुने भएको छ ।

यो चलचित्रलाई तिहारमा डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । यो बर्ष मे महिनामा रिलिज गर्ने तयारी गरिएपनि कोरोना संक्रमणका कारण चलचित्रको रिलिज आउँदो बर्षको फ्रेबुअरीमा सारिएको थियो । तर, आउँदो बर्षको फ्रेबुअरीमा पनि चलचित्र रिलिज हुने संभावना कम छ । यही कुरालाई मध्यनजर राख्दै निर्देशक डेभिड धवन र उनको टिमले डिजिटल रिलिजको तयारी गरेको हो ।

‘भुज दि प्राइड अफ इन्डिया र लक्ष्मी बम्ब’पछि सर्वाधिक महंगो रकममा यो चलचित्र विक्री भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

नायक बरुण धवनले अभिनय गरेका केही चलचित्रले डिजिटल प्लेटफर्ममा राम्रो दर्शक पाएका थिए । यसैले, यो नयाँ चलचित्रका लागि दर्शकको बलियो उपस्थिती डिजिटल माध्यममा हुने देखेरै यसलाई महंगो रकममा खरिद गरिएको हो ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed