किशोरीमाथि ३० भन्दा बढी व्यक्तिद्वारा सामूहिक बलात्कारको आरोप, पूरा इजराइलमा खैलाबैला

शेयेर गर्नुहोस

एजेन्सी
इजराइलको प्रहरीले दक्षिण शहर एलाटको एक होटलमा १६ वर्षीया एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनाको अनुसन्धान सुरु गरेको छ ।

अहिलेसम्म दुई व्यक्तिलाई हिरासतमा लिइएको छ । स्थानीय मिडियाका अनुसार एक संदिग्धले दिएको जानकारी अनुसार किशोरीमाथि ३० भन्दा बढीले यौन सम्बन्ध स्थापित गरेको तर संदिग्धले बलात्कारको आरोप भने अस्विकार गरेका छन् । किशोरीलाई नशा दिएर बेहोस बनाएपछि बलात्कार गरिएको आरोप छ ।

पूरा इजराइलमा यो सामूहिक बलात्कार चर्चाको विषय बनेको छ ।

इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले जिम्मेवार व्यक्तिलाई सजाय दिइने बताए । उनले ट्वीट गरे, ‘यो अचम्मित गरिदिने घटना हो । यसका लागि कुनै शब्द छैन । यो ती किशोरीविरुद्धको अपराध मात्र नभई मानवताविरुद्धको अपराध हो जसको चौतर्फी निन्दा हुनुपर्छ ।’

गत शुक्रबार यी किशोरीले प्रहरीमा ऊजुरी दर्ता गराएकी थिइन् । इजराइली मिडियाको रिपोर्ट अनुसार यो महिनाको सुरुमा ती युवती आफ्ना साथीसँग एलात गएकी थिइन् । त्यहाँ उनले आफ्ना साथीले चिनेका मानिसहरुलाई भेटिन् । उनीहरु सबैजना सँगै ड्रिङ्क्सका लागि बाहिर गए र पुनः होटल फर्किए ।

आरोप अनुसार होटलबाट फर्किएपछि सबैले पटक–पटक ती किशोरीमाथि बलात्कार गरे । अधिकारीका अनुसार युवतीका साथीले उनलाई बचाउन कोसिस गरे तर उनीहरुलाई रोक्न सकेनन् ।

दुई संदिग्धलाई हिरासतमा लिइएको छ तर उनको पहिचान सार्वजनिक गरिएको छैन । स्थानीय मिडियाका अनुसार उनहरु सबै इजराइली नै हुन् र उनीहरुको उमेर २० वर्ष आसपास छ ।

टाइम्स अफ इजराइलका अनुसार प्रहरीले एक संदिग्ध र किशोरीबीच भएको मेसेजिङमा युवतीमाथि कथित ज्यादतीको भिडियो भेटेको छ । त्यसपछि नै उनलाई पक्राउ गरिएको हो । तर ती संदिग्धले किशोरीसँग कुनै प्रकारको मेसेजिङ गरेको अस्विकार गरेका छन् । उनका अनुसार उनको फोन अरु कोही व्यक्तिले प्रयोग गरिरहेका थिए ।

उनै संदिग्धले प्रहरीलाई उक्त घटनामा ३० भन्दा बढी व्यक्ति समावेश भएको तर सिक्योरिटी क्यामरा फुटेजबाट यो सबै सहमतिमा भएको प्रमाणित हुने उनको दाबी छ ।

इजराइलका रक्षामन्त्री बेनी गांट्जले यो कथित घटनाको आलोचना गरेका छन् ।

उनले ट्वीट गरे, ‘प्रहरीको अनुसन्धान जारी छ । तर महत्वपूर्ण यो हो कि जो घटनामा समावेश थिए वा जो यसका साक्षी छन् वा अन्य जो व्यक्ति छन्, म उनीहरुलाई सन्देश दिन चाहन्छु कि तपाईंहरुले एउटै कुरा प्रमाणित गर्नुभएको छ कि तपाईंहरुमा आत्मा र नैतिकताको कमी छ । ऊजुरी दिने युवतीलाई यो भन्न चाहन्छु कि मेरो तपाईंलाई मनैदेखि समर्थन छ । तपाईं एक्लो हुनुहुन्नँ ।’

गत वर्ष १९ वर्षीया एक बेलायती महिलाले साइप्रसको एक होटलमा १२ इजराइली मानिसहरुले उनीमाथि सामूहिक बलात्कार गरेको आरोप लगाएकी थिइन् । पछि उनले झुटो बोलेको भेटियो र चार महिनाको निलम्बित सजाय दिइएको थियो ।

महिला अधिकारसँग जोडिएको संगठनले यो घटनाको आलोचना गरेका थिए । जबकी १९ वर्षीय वकिल यसविरुद्ध अपिल गर्ने बताएका थिए ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed