असिनापानीले कृषिबालीमा नोक्सान

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा शनिबार बिहान परेको असिनापानीले कृषिबालीमा नोक्सान गरेको छ । वर्षासँगै परेको असिनाले मसुरो, गहुँलगायतका कृषिबालीमा नोक्सान गरेको हो ।

जिल्लाको मध्य र पूर्वी क्षेत्रमा असिना पानी परेको किसानले जनाएका छन् । असिनाले गहुँ र मसुरोलाई क्षति गरेको कैलारी गाउँपालिका–७ का कृषक फूलराज चौधरीले बताउनुभयोे । उहाँका अनुसार खेतमा अहिले मसुरो पाक्न थालेको छ । यसैगरी, गहुँ पनि पाक्ने तयारीमा रहेको छ ।

जिल्लाको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका लगायतको क्षेत्रमा असिना परेको जनाइएको छ । टीकापुर क्षेत्रमा करिब पाँच मिनेटसम्म असिना परेको टीकापुर नगरपालिका–७ का भोजराज ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँले यो बेला गहुँ पसाउने क्रममा रहेकाले असिनाले फूल झारेका कारण उत्पादन घट्न सक्ने बताउनुभयो । “त्यति धेरै क्षति त भएको छैन”, उहाँले भन्नुभयो, “तर, असिनाले फूल झारेका कारण उत्पादन घट्न सक्छ ।”

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *