बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित आवास

शेयेर गर्नुहोस

कञ्चनपुर ।  बेलौरी नगरपालिकाका अति विपन्न पन्ध्र परिवारलाई सुरक्षित आवास उपलव्ध गराइएको छ । सुरक्षित आवास कार्यक्रम अन्र्तगत रतनपुरका १० र भुडाका पाँच गरी १५ परिवारलाई सुरक्षित आवास उपलव्ध गराइएको हो ।

नगरपालिका र गैरसरकारी संस्थाको संयुक्त लागत साझेदारीमा आवास निर्माण गरिएको हुन् ।

आवास निर्माणका लागि नगरपालिकाले प्रतिघरमा रु तीन लाख र निड्सले रु दुई लाखमा साझेदारी गरी दुई कोठा बरण्डासहितका घर निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख पोतिलाल चौधरीले बताउनुभयो ।

उहाँका अनुसार आवास उपलव्ध गराइएकामा विपद् प्रभावित, आदिवासी जनजाती र दलित समुदायका व्यक्ति रहेका छन् । आगामी आवमा वडा नं ५, ६, ७ र ८ का बाढीजन्य विपद्बाट प्रभावित अति विपन्न परिवारका लागि आवास निर्माणका लागि योजना बनाइ कार्यान्वयन गरिने नगर प्रमुख चौधरीको भनाइ रहेको छ । 

“आवासको व्यवस्था नहँुदा असुरक्षित तरिकाले बस्दै आएका परिवारले सुरक्षित आवास पाएका छन” उहाँले भन्नुभयो, “नगर क्षेत्रमा बसोवास गर्ने सबै परिवार सुरक्षित आवासमा बसुन भन्ने चाहना अनुरूप योजनावद्ध रूपमा कार्य गरिरहेका छौँ ।” रासस

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *