शेयेर गर्नुहोस
अछाम । बाढीमा बगेर बेपत्ता भएका ११ जना मध्ये एक जनाको शब आज फेला परेको छ । रामारोशन गाँउपालिका वडा नं।५ र ६ जोड्ले झोलुंगे पुलमा शब भटिएको अछाम प्रहरीले जनाएको छ ।
भेटिएको शब रामारोशन गाँउपालिका वडा नं। ५ का नन्दु साउँदका छोरा १९ बर्षिया रपेश भएको प्रहरीले जनाएको छ । फेला परेको शब सनाखत भई मृतकका ठुलो वुवा अम्मर साउँदले शब बुझेका प्रहरीको भनाई छ ।
उक्त शब स्थानियले देखेपिछ प्रहरीलाई खबर गरेका थिए । शब भेटिएको स्थलमा प्रहरी पुगेर पहिचान पुष्टी गरिएको अछाम प्रहरीका सुचना अधिकारी प्रहरी निरिक्षक रमेश दत्त अवस्थीले बताए ।
रामारोशन गाँउपालिका अन्र्तगत कैलाश खोलामा बाढी आउदा १७ जना बेपत्ता भएका थिए जसमध्ये ६ जनाको शब यसअघि नै फेला परिसकेको थियो । आज १ जनाको शब फेला परेपनि बाँकी १० जनाको शब अझै पत्ता लाग्न सकेको छैन ।
बाढी पहिरोले रामारोशनको सैनीबजारका २२ घर सहित धनजनको क्षति गरेको थियो ।