बिरामी हुँदा जडीबुटीकै भर

शेयेर गर्नुहोस

बझाङ । बझाङको उत्तरी भेगको एउटा दुर्गम गाउँ छ, जहाँ अहिलेसम्म पनि जडीबुटीकै भरमा उपचार गराउनुपर्ने बाध्यता छ । सामान्यदेखि जटिल बिरामी हुँदासम्म पनि जडीबुटीको खोजी सुरु हुन्छ । तलकोट गाउँपालिका–३, क्रिकिट्ने गाउँमा न स्वास्थ्य चौकी छ न त स्वास्थ्यकर्मी । स्वास्थ्योपचारका लागि मान्छे बिरामी भयो कि स्वास्थ्य चौकीभन्दा पनि जङ्गलमा जडीबुटी खोज्न जानुपर्ने क्रिकिट्ने गाउँवासीको रहर होइन बाध्यता हो । क्रिकिट्ने गाउँमा १८ परिवारको मात्रै बसोबास छ । 

ज्वरो, पखाला, रुघाखोकी, आउँ आदि लागेको खण्डमा वनजङ्गलमा पाइने लालीगुँरासको फूल, गनाल्दो, कटुकी, टिमुरपानी आदि खाएर उपचार गर्नुपर्ने अवस्था क्रिकिट्ने गाउँको रहेको स्थानीय बताउँछन् । स्वास्थ्यमा जटिल समस्या आएमा मात्रै चार घण्टाको जङ्गलको बाटो भएर वडा नम्बर ३ कै अर्को गाउँ रुपातोलासम्म पुग्नु पर्छ । गाउँमा एउटा स्ट्रेचरसम्म छैन । गाउँलेले बिरामीलाई डोको काटेर पिठ्युँमा बोकेरै स्वास्थ्य चौकीसम्म बोकेर लानु पर्छ । 

पाँच वर्षअघि २०७६ सालमा तलकोट गाउँपालिकाको पहलमा एक सामान्य प्राथमिक स्वास्थ्योपचार दिनका लागि टिनको टहरा निर्माण गरेर क्रिकिट्ने स्वास्थ्य क्लिनिक स्थापना गरी स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराइएको थियो तर स्वास्थ्यकर्मी नभएकै कारण औषधी तथा उपकरण पनि खेर गएको यहाँका बासिन्दाको भनाइ छ । गाउँलेले हरेक महिनाको १८ गते स्वास्थ्यकर्मी गाउँमा आएर गाउँलेको रेखदेख तथा औषधोपचारसम्म गर्ने भन्ने निर्णयसमेत गरेका थिए तर सो कार्य गर्नु र नगर्नुको अर्थै भएन । बिरामी कति बेला हुन्छन् ? पत्तो हुँदैन । महिनाको १८ गते स्वास्थ्यकर्मी आए नआएको अर्थै नहुने स्थानीयको भनाइ छ । स्थानीय अस्मिता बोहोराले भन्नुभयो, “सडक गाउँमा पुगेको छ । गाउँमा कोही बिरामी भएर जिप बोलाएर बुकिङ गर्नु परेको खण्डमा १० हजारभन्दा बढी भाडा तिर्नु पर्छ । त्यत्रो रकम तिर्न सक्ने क्षमता गाउँमा कसैको पनि छैन । त्यसैले गाउँमा कोही धेरै भइहाल्यो भने डोकोमै बोकेर स्वास्थ्य चौकीसम्म लानुपर्ने बाध्यता छ । ”    

ताजा खबर

नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा, को कुन ठाउँमा ?

कैलालीमा लाग‍ुऔषधसहित ७ जना पक्राउ

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *