प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेश सभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मतले पारित भएको छ । 

आइतबार साँझ बसेको प्रदेश सभाको पाँचौँ अधिवेशनको १८ औँ बैठकबाट धन्यवाद ज्ञापनको प्रस्ताव पारित भएको हो । प्रधानमन्त्रीले आइतबार बसेको प्रदेश सभाको १७ औँ बैठकबाट प्रदेश सभालाई विशेष सम्बोधन गर्नुभएको थियो । सो सम्बोधनका लागि उहाँलाई प्रदेश सभाले धन्यवाद ज्ञापन गर्दछ भन्ने प्रस्ताव सभामा पेस गरिएको थियो । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य विक्रमसिंह धामीले सो प्रस्ताव प्रदेश सभामा पेस गर्नुभएको थियो भने नेकपा (एमाले) का प्रदेश सभा सदस्य चक्रबहादुर मल्लले प्रस्तावको समर्थन गर्नुभएको थियो । प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गर्नुभयो । यसैबिच प्रदेश सभाको अर्को बैठक अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित भएको छ ।    

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed