शेयेर गर्नुहोस
गान्दिप कायस्थ, बर्दिया । बर्दिया जिल्लाकोे राजापुरस्थित टिहुनी र तिघ्रा क्षेत्रमा नदी कटनान रोकिएको छैन ।
कर्णाली नदीको पश्चिम भंगालो अन्तरगत पर्ने राजापुर नगरपालिका वडा नं १ टिहुनी र वडा नं ३ तिघ्रामा कर्णाली नदीमा पानीको बहाव बढेपछि नदी कटान् तिब्र हुँदा राजापुर क्षेत्रमा नदी पस्ने खतरासमेत बढेको छ ।
उक्त क्षेत्रमा २०७२ सालमा बनाइएको तटबन्ध १५ दिन अगाडी नदीले कटान गरेपछि खतरा बढेको हो । सो स्थानमा अहिले वडा नं ३, ४, ७ र ८ साथै अन्य वडाका बासिन्दाबाट जनश्रमदान गरी नदी रोक्ने काम भइरहेको छ । भने वडा १ मा पनि विगत केही दिन देखी बनाइएको तटबन्ध जोखिममा परेको छ । साथै अहिले सो स्थानमाका स्थानिय बासिन्दाबाट नदी कटान रोक्ने प्रयास भइरहेको छ ।
आज मात्र नदी कटान रोक्न तिघ्रामा १८ सय जना र टिहुनीमा ४५० जनाले जनश्रमदान गरेका छन् । बिहीवार र शुक्रबार जनश्रमदान गर्न आउनेहरुका लागि खाजाका लागि राजापुर बजारका व्यापारीहरुको तर्फबाट ७० पेटी चाउचाउ र शनिबार जनश्रमदान गर्न आउनेहरुका लागि टपरा बजार व्यवस्थापन समितीको तर्फबाट २७ पेटी चाउचाउ प्रदान गरिएको बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मीले बताउनु भएको छ ।