सेटिङमा वन फडानी आरोपमा सचिव तिमिल्सैना पक्राउ

शेयेर गर्नुहोस

अछाम । सेटिङ गरेर सामुदायिक वन फडानी गर्ने पाँचुलि चैतेपातल सामुदायिक वन उपभोक्ता समितिका सचिव छत्रराज तिमिल्सैनालाई डिभिजन वन कार्यालय अछामले पक्राउ गरेको छ ।

जिल्लाको कमलबजार नगरपालिका ५ मा रहेको उक्त सामुदायिक वनबाट नक्कली कागजात बनाएर वन पैदावार सङ्कलन तथा बिक्री गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय मंगलसैनका प्रमुख जनक पाध्याले जानकारी दिनुभयो ।

पक्राउ परेका तिमिल्सैनालाई जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखिएको छ । मङ्गलबार जिल्ला अदालत अछामबाट म्याद थप गरेर अनुसन्धान गरिने डिभिजन प्रमुख पाध्याको भनाइ छ ।

सेटिङमा वन फडानी गरेको समाचार गोरखापत्रले प्रकाशन गरेको थियो । समाचार प्रकाशनपछि अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारूलगायतका सरोकारवालाले उक्त वनको अनुगमन गर्नुभएको थियो । 

पक्राउ परेका तिमिल्सैनाले वन समितिको भेलाको नक्कली कागजात बनाएर डिभिजन वन कार्यालयबाट १३ हजार किलो चुत्रो (तिर्खुला) कटानको अनुमति लिएको आरोप छ । उहाँले वन समितिका अध्यक्ष, वडा अध्यक्ष र वन समितिका पदाधिकारीलाई थाहा नदिइ भेलाको कृते कागज तयार गर्नुभएको थियो ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *