सुदूरपश्चिम प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । प्रतिपक्षी दलको अवरोधका कारण प्रदेशसभाको बैठक बस्न नसकिरहेकाले सूचना टाँस गरेर पाँचौं अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो । 

प्रदेश सभाको पाँचौं अधिवेशन गत साउन २७ गतेबाट सुरु भएको थियो । यो अधिवेशन अवधिभरि १९ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । पछिल्लो समय सरकारसँग विभिन्न माग राख्दै प्रतिपक्षी दलको अवरोधका कारण सभाको बैठक बस्न सकेको थिएन ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *