कैलालीको लिक्मा नदीमा डुबेर सहोदर दाजुभाइको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको गौरीगंगामा नदीमा डुबेर सहोदर दाजुभाइको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

उनीहरुलाई नदीमा डुबेको अवस्थामा प्रहरीले बिहिवार दिउँसो ३ बजेको समयमा उद्धार गरि सेती प्रादेशिक अस्पताल पुर्‍याएको थियो । चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed