शेयेर गर्नुहोस
टीकापुर । कैलालीबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट धनगढी उपमहानगरपालिका–३ बस्ने २२ वर्षीय अविशेक सिजापति पक्राउ परेका छन । उनको साथबाट २८० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै भजनी नगरपलिका–३ कुसमघाटबाट घोडाघोडी नगरपलिका–१ नारायणपुरका २२ वर्षीय लक्ष्मि प्रशाद साप्कोटा र २३ वर्षीय किरण जीसी लागू औषध सहित पक्राउ परेका छन् । उनीहरुको साथबाट १ ग्राम ११० मिलीग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।