कञ्चनपुरमा ६ लाख ७५ हजारको अवैध सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा पौने ७ लाखको अवैध सामान बरामद गरिएको छ ।

जिल्लाका विभिन्न स्थानहरूको भित्री सडकखण्डबाट भारतबाट भन्सार छलि गरी ल्याइएको ६ लाख ७५ हजार चार सय ७६ रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

भिमदत्त नगरपालिका–२ भासी, वडा–५ शान्तिनिकेतन नजिक, वडा–१० जिमुवा, सुकासाल र बेलडाँडी गाउँपालिका–३ बैबाहा आसपासका क्षेत्रबाट ती सामान बरामद गरिएको हो ।

प्रहरीकाअनुसार बिडी, दाल, धनियाँ, पानीपुरी, सुटपिस, साडी, विभिन्न किसिमका भाँडाकुडा, कसमेटिक सामान र एउटा मोटरसाइकल बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी इकाइबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा भेटिएका सबै सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा खबर

जाडो याममा दैनिक कति पिउनुपर्छ पानी ?

कैलाली प्रहरीद्वारा एकै दिन ४२ जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ६ लाख ७५ हजारको अवैध सामान बरामद

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

amazed