भुस्याहा कुकुरको स्याहारसुसारमा लागे सञ्चारकर्मी क्षेत्री

शेयेर गर्नुहोस

मानवहादुर ठकुल्ला । टीकापुर / लकडाउनले गर्दा सडकमा धेरै समयदेखि भोकै र मरणासन्न अवस्थामा पुगेका भुस्याहा कुकुरहरुलाई टीकापुरका सञ्चारकर्मी गणेश क्षेत्रीले स्याहारसुसार लगायत उपचार गर्ने गरेका छन् । टीकापुर नगरपालिका वडा नम्बर ७ का स्थानीयसमेत रहेका क्षेत्रीले लकडाउनका कारण केही खान नपाएर सडकभरी देखिने भुस्याहा कुकुरको लामो समयदेखि स्याहारसुसार तथा सेवा गर्दै आईरहेको बताए ।
टीकापुरको स्थानीय पत्रीका टीकापुर दैनिकका समाचारदाता क्षेत्रीले बिगत दुई बर्ष देखि स्थानीय स्तरमा रहेका भुस्याहा कुकुरको औषधोपचार लगायत दैनिक साँझ बिहान खाना खुवाउने लगायतका काम गरिरहेका छन् । भनिन्छ कुकुर यमराजको दुत हो र कुकुरको वर्षको एकदिन तिहारको समयमा कुकुर तिहार आउदा खोजीखोजी माला र टीका लगायर पुजा पनि गरिन्छ तर आफुले पालनपोषण गर्ने गरेका कुकुरलाई दैनिक रुपमा लगभग पाँच केजी चामलको भात पकाउने गरेको पत्रकार क्षेत्री बताउछन् । बाटोमा भुस्याहा कुकुर देख्ने बितिकै दया लागेर आउने र जति हतारमा भएता पनि उनीहरूलाई बिस्कुट, पाउरोटी खुवाएर मात्र हिड्ने गरेको उनले बताए ।


पत्रकार क्षेत्रीले लम्कीमासमेत ३ वटा भुस्याहा कुकरलाई बिस्कुट वा पाउरोटी खुवाईदिन एक किराना पसललेलाई समयसमयमा हिसाबकिताब गर्ने सर्तमा जिम्मा दिएको बताए । त्यस्तै उनले बिरामी भएका कुकुरलाई जानकी गाउँपालिकाका पशु प्राविधिक मोहन चौधरीको सहयोगमा उपचार गर्ने गरेको, गर्भपती हुन नदिन महिलालाई लगाउने संगिनी सुई लगाइदिने गरेको जानकारी दिए ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *