अछामका एकजनाको धनगढीमा मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । भारतबाट फर्किएका एक पुरुषको धनगढीमा मृत्यु भएको छ ।
बिहान ११ बजेतिर बेहोस भेटिएका पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
अछामको बान्नीगढी गाउँपालिका वडा नं. ४ लिडिका ५२ वर्षीय लोक वहादुर रावल मोहना पुलमा बेहोस भेटिएका थिए।

छोरासँगै भारतको राजिस्थानबाट आएका उनीमा क्षयरोग रहेको प्रहरीले जनाएको छ । मृत्युको खास कारण भने अझै खुल्न सकेको छैन ।

कोरोना परीक्षणको लागि स्वाब संकलन भइसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

amazed