डोटी अस्पताल प्रयोगशालाः सुदूरपश्चिमका थप ३१ जनामा संक्रमण पुष्टि

शेयेर गर्नुहोस

धनगढी । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण भएकोमा डोटीका २४ र अछामका सात जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको सुल्लेखका २१ पुरुष, शिखर नगरपालिका–१ का दुई पुरुष र केआईसिंह गाउँपालिका–४ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै अछामको रामारोशन गाउँपालिकका दुई महिला र दुई पुरुष गरी चारजना, बान्नीगढी जयगढ गाउँपालिकाका तीन पुरुषमा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।

आज नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका ५६ जनामा संक्रमण पुष्टि भएको थियो । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ भने झण्डै पाँच हजार संक्रमण मुक्त भएको दावी गरिएको छ । संक्रमण पुष्टि भएका १४ जनाको भने मृत्यु भएको छ । दिनेश खबर

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *