कैलालीमा असई हत्या आशंकामा १३ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । धनगढीमा असइ गोविन्द बिकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको आशंकामा १३ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी चौकी जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक बिकको हत्यामा संलग्न भएको आशंकामा पहिले ११ जना र त्यसपछि थप २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संग्लन हुन सक्ने आशंकाका आधारमा उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।

शनिबार साँझ नियमित गस्तीमा निस्केका बेला वेपत्ता भएका प्रहरी सहायक निरिक्षक बिकको शव नेपाल–भारत सीमा स्थित मोहना नदीमा घाँटी रेटिएको अवस्थामा आईतबार बिहान भेटिएको थियो । अर्का प्रहरी जवान रामबहादुर साउँदको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे गम्भिर अनुसन्धान गर्दै आएको बताइएको छ ।

ताजा खबर

अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

कैलालीबाट लागुऔषधसहित तीन जना पक्राउ

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

टीकापुरमा बाघको आतंक बढ्दो, सत्तीमा खायो एक बाख्रा

कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद

amazed