गाँजालाई अति खराब ड्रग्सको सूचीबाट हटाउने निर्णय राष्ट्रसंघबाट पारित

शेयेर गर्नुहोस

एजेन्सी । संयुक्त राष्ट्रसंघमा गाँजालाई अति खतरनाक ड्रग्सको सूचीबाट हटाउने पक्षमा मतदान भएको छ । यसअघि विश्व स्वास्थ संगठनले पनि गाँजालाई अति खराब ड्रग्सको सूचीबाट हटाउन राष्ट्रसंघ समक्ष सिफारिस गरेको थियो । गाँजाको अनुसन्धान र विश्वमा यसको औषधिय प्रयोगका लागि यस निर्णयको प्रभाव ठूलो रहने अपेक्षा गरिएको छ ।

के थियो, के भयो ?
नार्कोटिक ड्रग्सका लागि संयुंक्त राष्ट्रसंघको कमिसनमा ५३ सदस्य राष्ट्र छन् । गाँजालाई खतरनाक ड्रग्सको सूचीबाट हटाएर पुनवर्गिकरण गर्नुपर्ने पक्षमा २७ सदस्य राष्ट्र र विपक्षमा २५ सदस्यले भोट खसाले । युक्रेन भने यस प्रक्रियामा अनुपस्थित रह्यो । यसअघि गाँजालाई १९६१ को भेलाले अति खतरनाक नार्कोटिक ड्रग्सको सूचीमा राखेको थियो । जसकारण यसलाई हेरोइन, मेथाडोन, मोर्फाइन, अफिम र कोकिनजस्ता ड्रग्ससँग अति खराब ड्रग्सको सूचीमा सूचीकृत गरिएको थियो ।

अमेरिका र अधिकांश युरोपेली देशहरुले गाँजालाई यस सूचीबाट हटाउनुुपर्ने पक्षमा मत खसालेका थिए भने चीन, पाकिस्तान, रुसलगायत देशहरुले विपक्षमा मत खसाले । ‘यस्तो निर्णयको अर्थ विश्वभर गाँजालाई वैध बनाइँदैंछ भन्ने होइन । तर यो निर्णायक मोड हो,’ ग्लोबल सी नामक गाँजा परामर्श कम्पनीकी कार्यकारी निर्देशक जेसिका स्टिनवर्गले भनेकी छिन् ।

गत महिना सम्पन्न अमेरिकी निर्वाचनका दौरानमा न्युु जर्सी, साउथ डाटोका, मोन्टाना र एरिजोनाले गाँजा वैध हुनुपर्ने पक्षमा मत खसालेका थिए । यससँगै गाँजाको प्रयोगलाई वैधता दिने राज्यको संख्या अमेरिकामा १५ पुुगेको छ । त्यस्तै, अमेरिकाका २० राज्यले औषधिय प्रयोगका लागि गाँजालाई वैधता दिएका छन् । पिऊ रिसर्च सेन्टरका अनुसार ९१ प्रतिशत अमेरिकीहरु गाँजा वैध हुनुपर्ने धारणा राख्छन् ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *