मोरङमा विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या

शेयेर गर्नुहोस

हरि अधिकारी
विराटनगर । मोरङको मिक्लाजुङमा एक शिक्षकलाई गोली हानी हत्या गरिएको छ । मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको छ । ‘थप अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुग्दैछ, ‘ उनले भने ।

श्रेष्ठको हत्या भएको जानकारी मृतकका भतिज महेश श्रेष्ठले प्रहरीलाई जानकारी गराएका थिए ।

महेशको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक खड्काले मंगलबार बिहान करिब ७ बजे घरबाट केही टाढा रहेको जंगलमा श्रेष्ठको हत्या भएको बताए । (साभारः अनलाइन खबर)

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *