७३ तोला चाँदीसहित दुईजना पक्राउ

शेयेर गर्नुहोस

काठमाडौं । कपिलवस्तुको प्रहरीले पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा झण्डै एक लाख मुल्य बराबरको चाँदीसहित अर्घाखाँचीका १२ वर्षीय उमेर सुनार र २६ वर्षीय सुगम पुनलाई पक्राउ गरि नियन्त्रणमा लिएको छ ।

जिल्लाको वाणगंगा नगरपालिका वडा नम्वर २ स्थित राजमागको लखनचोकमा चेकजाँच गर्ने क्रममा लु ५५ प ६१५९ नम्वरको स्कुटीमा चढेर आएका अर्घाखाँचीको छत्रदेव गाउँपालिका –५ का सुनार र रुपन्देही सिद्धार्थनगर नगरपालिकाका पुनलाई खानतलासी गर्दा उनीहरुको साथबाट ९६ हजार मूल्य बरबरको ७३ तोला चाँदी र ४८ पिस रातोपत्थर बरामद गरिएको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिए ।

ताजा खबर

किन चर्को घामबाट फर्केपछि तुरुन्तै चिसो पानी पिउनु हुन्न

पोषणको सामाजिक–राजनीतिक आयाम

घरजग्गामा लगानी सहज हुने गरी मौद्रिक नीति संशोधन

amazed