लम्कीमा खैरो हिरोईन सहित ५ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. १ थकालिपुर सी टोलबाट आज ३ ग्राम ३० मिलिग्राम खैरो हिरोईन सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लम्किचुहा नगरपालिका वडा नं. १ वर्ष २७ का खगेन्द्र जैशी, सोही ठाउ बस्ने वर्ष २५ का सन्देश खत्री, जानकी गाउपालिका वडा नं. ९ का वर्ष २७ का प्रकाश साउँद , जानकी गाउपालिका वडा नं. ३ वर्ष १९ की सबिना चौधरी र बर्दिया गुलरिया वर्ष १७ की मुस्कान बिक रहेका छन् ।

ईलाका प्रहरी कार्यालय लम्कीका अनुसार आईतबार बिहान ७ बजेको लागु औषध कारोवार गरिरहेको गोप्य सुचनाका आधारामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले खोजतलास गर्ने क्रममा लम्किचुहा १ थकालिपुर सी टोलको एउटा घरको चौथो तलामा फेला पारी घर खानतलासी गर्दा उक्त परिमाणको खैरो हिरोईन फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले ११ हजार नगद ५ थान मोवाईल, २ वटा मोटरसाईकल र अस्थाई साधन लगायत बरामद गरेको छ ।

ताजा खबर

बैतडीमा कार दुर्घटना हुँदा २ जना घाइते

बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु

डडेल्धुरामा पसलमा आगलागी

चीनको दक्षिणी प्रान्तमा घुम्रपातका कारण ५ जनाको मृत्यु

अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

amazed