नुहाउने क्रममा २ बालिकाको मृत्यु, एक वेपत्ता

शेयेर गर्नुहोस

टीकापुर । भजनी नगरपालिका वडा नं. ९ स्थित कान्द्रा नदीमा नुहाउने क्रममा दुई बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार मृत्यु हुनेमा धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल चौधरीकी ७ वर्षीया छोरी जेनी चौधरी रहेका छन् ।
वेपत्ता ६ वर्षीया अनु सिंहको खोजी भइरहेको विष्टले बताए ।

घर नजिकै रहेको कान्द्रा नदीमा नुहाउने क्रममा साँझ ५ बजेतिर सो घटना भएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिएका छन ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed