कर्णाली नदिमा डुंगा दुर्घटना हुदाँ ३ जना बेपत्ता ,२ जना घाईते

शेयेर गर्नुहोस

टीकापुर । कर्णाली नदिमा डुंगा दुर्घटना हुदाँ ३ जना बेपत्ता भएका छन भने अन्य २ जना घाईते भएका छन् ।

बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका वडा न ०३ बस्ने वर्ष २० की उर्मिला सलामी मगर, उर्मिलाको १० महिनाको बच्चा र सोही ठाँउ बस्ने २० बर्षकी पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
आइतबार कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउने क्रममा कर्णाली नदीमा डुंगा दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ ।

यस्तै, घाईते हुनेमा मोहन्याल गाउँपालिका वडा नम्बर ३ बस्ने १९ बर्षकी धनसरा सलामी मगर,उनकै एक महिनाको छोरा कर्ण सलामी रहेका छन् । धनसराको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेको बुझिएको छ जसमध्ये ५ जना भने सकुशल रहेको र अहिले ईलाका प्रहरी कार्यालय सुगरखाल कैलालीको टोली घटनास्थलमा खटिएको जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *