कञ्चनपुरमा भारतीय तस्करबाट सशस्त्र प्रहरीका ३ जवान कुटिए

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा भारतीय तस्करबाट सशस्त्र प्रहरीका ३ जना जवान कुटिएका छन् ।


जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं। ८ को नेपाल भारत सीमा क्षेत्रमा सोमबार राति ८ बजे सशस्त्र प्रहरीका ३ जना जवान कुटिएका हुन् ।
स्थानीयका अनुसार नेपाली भूमीमा भारतीय नम्बर प्लेटको मोटर साइकलमा तस्करले चिनीलगायतका साम्रग्री ओसार पसार गरिरहेका थिए ।


सशस्त्र प्रहरीले तिनीहरुलाई रोकेर नियन्त्रणको प्रयास गरेको थियो । तर ८ जनाको समूहमा रहेको तस्करहरुको समूहले उल्टै प्रहरीलाई नै घेरा हालेर कुटपिट गरेको हो ।


तस्करबाट कुटिनेमा प्रहरी जवान सुदिप सुनारलगायत ३ जना रहेका छन् । तर सशस्त्र प्रहरी बल नेपाल नं। ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्र ऐरले तरस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा तस्करहरुले ढुंगामुढा गरेको बताए ।


चोटपटक कसैलाई नलागेको उनको भनाइ छ । तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको बताइएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed