तालिबानद्वारा संयुक्त राष्ट्रसंघको महासभामा आफूहरूलाई बोल्न दिन आग्रह

शेयेर गर्नुहोस

एजेन्सी । अफगानिस्तानको तालिबान समूहले संयुक्त राष्ट्रसंघको महासभामा आफूहरुलाई बोल्न दिन आग्रह गरेको छ । न्युयोर्कमा चलिरहेको राष्ट्रसङ्घीय महासभामा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनका लागि तालिबानले आग्रह गरेको बीबीसीले जनाएको छ ।

तालिबान समूहका विदेशमन्त्री आमिर खान मुताकीले सोमबार अनुरोधसहितको पत्र संयुक्त राष्ट्रसंघमा पठाएको र यसबारेमा राष्ट्रसंघको एक समितिले टुङ्गो लगाउने खबरमा उल्लेख छ । समितिमा अमेरिका, चीन र रुससहितका नौ देशहरू छन् ।

कतारले विश्व नेताहरूलाई तालिबानलाई संलग्न गराउन भनेको छ । तालिबानले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ । साथै दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसङ्घका लागि आफ्ना राजदूत नियुक्त समेत गरेको छ । यतिखेर राष्ट्रसंघका लागि अफ्गान राजदूतमा गुलाम इसाकजाई कार्यरत छन् । महासभाको अन्तिम दिन अर्थात् सेप्टेम्बर २७ मा इसाकजाईले नै मन्तव्य दिने अनुमान छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *