कैलालीमा ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र ४४ ग्राम ७७० मिलिग्राम चरेस सहित १ महिला पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र ४४ ग्राम ७७० मिलिग्राम चरेस सहित १ महिला पक्राउ परेकी छन् ।

बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले डडेल्धुराको अजयमेरु गाउपालिका वडा नं ४ घर भई हाल धनगढी उप–महानगरपालिका वडा नं १३ राजपुरमा कोठा भाडामा बस्ने बर्ष ३४ कि आशा बिष्टलाई उक्त सामाग्री सहित पक्राउ गरेको हो ।

उनलाई ति सामाग्री कोठामा लुकाई छिपाई राखेको अबस्थामा प्रहरीले चेकिङ गर्दा फेला पारेको हो । उनको साथबाट नेपाली रुपैया १२ हजार दुई सय नगद समेत बरामद गरीएको कैलाली प्रहरीले जनाएको छ । पक्राउ गरिएकी बिष्टलाई लागु औषध मुद्दा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । (साभारः गोदावरी न्युज)

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *