बालबच्चालाई यसरी सिकाउनुस् सही तरिकाले कुराकानी गर्न

शेयेर गर्नुहोस

केही बालबालिका निकै धेरै बोल्ने वा कुरा गर्न सिपालु हुन्छन् । कम बोल्नु र बढी बोल्नु दुवैलाई बालबालिकाको व्यक्तित्वका लागि राम्रो मानिंदैन । अहिले सहरीकरण तथा प्रविधिको विकासले बालबालिका निकै अगाडि बढिसकेका छन् ।

फरासिलो हुन राम्रो भए पनि बालबालिकामा बढी बोल्ने, गफ दिने बानी छ भने त्यसलाई बाल्यकालमै सुधार्नुपर्छ । बढी कुरा गर्ने बानीका कारण पछि समस्या नआओस् र कसैसँग झमेलामा नपरोस् भनेर उनीहरुलाई सीमित मात्रामा बोल्ने बानीको विकास गराउनु राम्रो हुन्छ ।

बालबालिकाको स्वभाव चुलबुले हुनु र चकचके हुनु सामान्य नै हो । तर उनीहरुलाई त्यसको सीमा भने सिकाउनुपर्छ । बालबालिका धेरै बोल्दा आफूलाई मात्रै समस्यामा पार्दैनन्, कहिलेकाहीं परिवारलाई समेत समस्यामा पार्छन् । यही कारण कहिलेकाहीं अभिभावकले लज्जास्पद अवस्थाको पनि सामना गर्नुपर्ने हुन्छ ।

त्यसैले यस्ता कुराबाट बच्न पनि बालबालिकालाई धेरै बोल्नबाट रोक्नुपर्छ । अर्थात् उनीहरुलाई बोल्ने सीमा तय गरिदिनुपर्छ ।

बालबालिकालाई उसको बानीको बारेमा बताउने

बालबालिकासँग कुराकानी गर्दा उसको बारेमा पनि कुराकानी गर्नुपर्छ । ताकि उनीहरुलाई आफ्नो बानी व्यवहारका बारेमा थाहा होसु । केही कमी कमजोरी तथा गल्ती भए सुधार गर्न सकुन् ।

कहिलेकाहीं अभिभावकले बालबालिकाको कुरा नसुन्दा उसमा जिद्दीपन बढ्छ । यस्तो भएमा बालबालिका अभिभावकको ध्यान आफूतर्फ तान्न बढी बोल्न गर्छन् । यस्तोमा बालबालिकाको कुरा सुन्ने र व्यवहारबारे बताउने गर्नुपर्छ ।

छोटो वाक्यमा बोल्न सिकाउने

बालबालिकाको बढी बोल्ने बानी कम गर्न लामा शब्दलाई छोटो वाक्यमा बोल्न सिकाउनुपर्छ । यस्तो गर्दा बालबालिकामा ठिक्क बोल्ने बानीको विकास हुन्छ । यदि बालबालिकामा धेरै नै बोल्ने बानी छ भने डायरीमा लेख्न प्रेरित गर्नुपर्छ । यसबाट मनमा लागेका कुरा उसले डायरीमा व्यक्त गर्न सकोस् ।

सीमा तय गर्ने

बालबालिकालाई धेरै बोल्नबाट बचाउन अभिभावकले के बोल्ने के नबोल्ने भनेर छुट्याइदिनुपर्छ । बालबालिकाको बोल्ने बानी ठीक अवस्थामा राख्न औपचारिक तथा अनौपचारिक कुरा र नाता सम्बन्धका बारेमा समेत बताउनुपर्छ । कोसँग कसरी कुरा गर्ने र कसरी प्रस्तुत हुने भन्ने कुरा सिकाएमा बालबालिकाले आफूलाई नियन्त्रण गर्न सक्छन् ।

कुनै बिमार छ कि

धेरै बोल्दा कोही बालबालिका बिरामी पर्न सक्छन् । ध्यानाभाव र अति सक्रियता विकार ९एडीएचडी०को सिकार भएमा पनि बालबालिका बढी बोल्छन् । यस्तो समस्या देखिए बालबालिकालाई चिकित्सकलाई देखाउनुपर्छ ।

बालबच्चाप्रति बारम्बार गुनासो नगर्ने

बालबच्चालाई बारम्बार उसको बानीका बारेमा गुनासो गर्दा जिद्दीपन आउन सक्छ । बालबालिकालाई लिएर बारम्बार गुनासो गर्नुको साटो उसलाई उमेर अनुसारका कुराहरु सिकाउनुपर्छ, सम्झाउनुपर्छ । बालबालिकाको व्यवहारलाई लिएर बारम्बार गुनासो गर्दा ऊ रिसाउन सक्छ । अभिभावकले बालबालिकाको आत्मसम्मानलाई मध्यनजर गरी व्यवहार गर्नुपर्छ ।

ओन्ली माइ हेल्थबाट

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *