कञ्चनपुरमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

शेयेर गर्नुहोस

कञ्चनपुर, १४ बैशाख । कञ्चनपुर जिल्लामा बुधबार माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–५ की इश्वरी खड्काको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वनदेवी सामुदायिक वनमा घर पोत्ने माटो खन्दै गर्दा ढिस्कोमा पुरिएर मृत्यु भएको जनाएको छ ।

मृतक खड्का पूर्व नेपाल प्रहरी संगठन कृष्णपुर नगर अध्यक्ष तथा सेवा निवृत्त प्रहरी नायव निरीक्षक (सई) रामबहादुर खड्काकी धर्मपत्नी हुन । घटनाको बारेमा थप अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाइएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed