धनगढीका स्वास्थ्यकर्मीहरु आन्दोलित

शेयेर गर्नुहोस

धनगढी । धनगढी उपमहानगरपालिकाले समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

उपमहानगरबाट अन्याय भएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । उनीहरूले सोमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका हुन् ।

नयाँ आर्थिक वर्ष सुरू भएसँगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नगर्न भन्दै पत्र पठाएको थियो । धनगढीमा समायोजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफूहरूमाथि अन्याय भएको भन्दै सरोकारवाला निकायलाई यसअघि ध्यानाकर्षण पत्र पनि बुझाएका थिए ।

उपमहानगरले आफूहरूलाई साउन १ गतेदेखि विकल्प नदिई हाजिर गर्न नदिने भएपछि सो पत्र बुझाएको उनीहरूको भनाइ छ । शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाह, धनगढी उपमहानगर, जिल्ला प्रशासन लगायतका कार्यालयमा पत्र बुझाएका हुन् ।

ताजा खबर

amazed