कर्णाली मा.वि. का ४६ विद्यार्थीहरु नेपाली सेनाको एनसिसी तालिममा सहभागि

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. ११ स्थित कर्णाली माध्यमिक विद्यालय का ४६ जना विद्यार्थीहरु नेपाली सेनाको एनसीसी (राष्ट्रिय सेवा दल) को तालिममा सहभागि भएका छन् ।


नेपाली सेनाको आयोजनामा भएको सो तालिमका लागि ४६ जना विद्यार्थीहरु सहभागि भएका हुन् ।


४६ जना विद्यार्थीहरु नेपाली सेनाको एनसीसी (राष्ट्रिय सेवा दल) सि. सम. १८ सिनियर डिभिजनको सय दिने तालिममा सहभागि भएका हुन्।


उक्त तालिम शुक्रबारदेखि शुरु भएको कर्णाली माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले मलवारालाई जानकारी दिनु भयो ।


साथै उहाँले भन्नुभयो–‘कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी हरु उक्त तालिममा सहभागि छन् ।
नेपाली सेनाका मेजर योगेन्द्र कडायतले एक कार्यक्रमका बिच सो तालिमको उद्घाटन गर्नु भएको हो ।


तालिममा विद्यार्थीहरुलाई फाइरिङ्ग, आत्मसुरक्षा, तेकवान्दो, साहासिक खेल, सामाजिक गतिविधिमा सहभागिता र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिइने बताइएको छ ।


बिगत केहि बर्ष यता कर्णाली माध्यमिक बिद्यालयले बिद्यार्थी हरुका लागि बिभिन्न कार्यक्रमहरु को आयोजना ल्याउदै आएको छ । केहि वर्ष पहिलेदेखि कर्णाली माध्यमिक विद्यालयले प्राविधिक शिक्षा संचालन गरेपछि सकारात्मक चर्चामा समेत छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *