करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ ।
बेदकोट नगरपालिका वडा नं. ७ मा नारद पाण्डेले सञ्चालन गरेको क्रेसरमा भारतको साहारनपुर उत्तर प्रदेशका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अन्सारीलाई क्रेसरमा काम गर्ने क्रममा मेसिनबाट करेन्टलागेर गम्भिर घाईते भएका थिए । घाइते अन्सारीको उपचारको क्रममा मन्त्र अस्पताल महेन्द्रनगरमा बिहिबार साँझ मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed