पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने

शेयेर गर्नुहोस

टीकापुर । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो ।

एक महिनाअघि एसिया कप क्रिकेट पहिलो पटक भारतसँग ओडीआई खेलेको नेपालले एसियन गेम्समा भारतसँग पहिलो पटक टी(२० आई खेल्ने भएको हो ।

खेल नेपाली समय अनुसार मंगलबार बिहान पौने ७ बजे सुरु हुने छ । अरू क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने छन् ।

पछिल्लो समयमा क्रिकेटतर्फ नेपाली खेलाडीहरुले निकै उपलब्धी हासिल गर्दै आएका छन ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *