इजरायलमा मारिएका सबै नेपाली विद्यार्थीको शव पहिचान

शेयेर गर्नुहोस

काठमाडौं । दक्षिणी इजरायलको किबुज अलुमिममा हमासको आक्रमणमा परी निधन भएका १० जनै नेपाली विद्यार्थीको शव पहिचान भएको छ । तेलअभिभस्थित नेपाली राजदूतावासले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै थप २ जना विद्यार्थीको शव पहिचान भएको जनाएको हो ।

राजदूतावासका अनुसार सोमबार सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको हो । यसअघि ८ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको थियो। राजदूतावासले पहिचान भएका शवहरू छिट्टै पठाउने व्यवस्था मिलाउने पनि जनाएको छ । यसअघि पहिचान भएका डोटीका राजन फुलरा र पदम थापा तथा सल्यानका प्रवेश भण्डारीको शव आउन बाँकी रहेको छ ।

यसअघि राजदूतावासले बझाङमा गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट र लोकेन्द्रसिंह धामी, कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपानेको शव पठाइसकेको छ । अक्टोबर ७ मा हमासको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । त्यस्तै सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी जारी रहेको पनि राजदूतावासले जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed