कैलालीमा खैरो हेरोईनसहित बैतडीका युवक पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा खैरो हेरोईनसहित बैतडीका युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट २४० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित बैतडीको पाटन नगरपालिका४ बस्ने २१ वर्षीय भरत महरा बिहीबार साँझ पक्राउ परेका हुन् ।

प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा महराको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed