शेयेर गर्नुहोस
धनगढी । भारतबाट सुदूरपश्चिममा ड्रग्स (लागुऔषध) सप्लाई गर्ने डिलरका मालिक र तस्करलाई प्रहरीले पछिल्लो समयमा धमाधम पक्राउ गर्दे आएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड डीआईजी भरतबहादुर बोहराले सम्हालेपछि ड्रग्स तस्कर र डिलरलाई नियन्त्रण गर्नमा थप तीव्रता दिइएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरीले उपलब्ध गराएको विवरणअनुसार २०७७ फागुन १७ गतेदेखी हालसम्म १८ जना ड्रग्स सप्लाई गर्ने डिलर र तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डीआइजी भरतबहादुर बोहराले दिएको जानकारी अनुसार १६ जना भारतीय नागरिक नेपाली जेलमा छन् । जसमा उत्तर प्रदेशका नितिन गुप्ता, धर्मेन्द्र कुमार, शुभम भासीन र महेन्द्र सिंह रहेका छन् ।
पिलिभित भारतका सुच्चा सिंह, मनतोष हिरा, सोना सिंह, सुखदेव सिंह, बलजित सिंह र अजविन्द्र सिंह रहेको डीआइजी बोहराले जानकारी दिए।
यस्तै, चमपावत भारतका अमन चन्द, लखिमपुरका सानु अन्सारी, जोगा सिंह, अनिल भन्ने निल सिंह, ग्राम गुलरिया सहिजानपुरका सुभाषचन्द र उत्तराखण्डका धर्मेन्द्र दुबे रहेका छन् ।
लखिमपुर खिरीका ५० वर्षीय महंगा सिंह भने लागूऔषध सम्बन्धी मुद्दा दर्ता भइ हिरासतमा रहेको डीआइजी बोहरा बताउँछन् । सिंह पुस १६ गते २४८ ग्राम ६४० मिलिग्राम अफिनसहित पक्राउ परेका थिए ।
भारत पिलिभित किल्ला नम्बर ४ उत्तराखण्डका ३४ वर्षीय सोनु भन्ने सुरेन्द्र सिंह लागूऔषध मुद्दामा प्रतिवादी कायम भइ फरार रहेका छन् ।
(साभारः महेन्द्रनगर पोष्ट)















