टीकापुर जग्गा घोटाला प्रकरण स् २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरको ललिता निवास भनेर चर्चित जग्गा घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

बिहीबार अख्तियारले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले तत्कालीन टीकापुर विकास समितिका अध्यक्ष नेत्र प्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीसमेत २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले तत्कालीन अध्यक्षलगायत पदाधिकारीहरूको मिलेमतोमा नक्कली रसिद बनाइ समितिका पदाधिकारी एवं कर्मचारीहरूको संलग्नतामा नगर विकास समितिको प्लट घडेरी आफन्तलगायत संघरसंस्थालाई उपलब्ध गराएको पुष्टि भएकाले समितिका तत्कालीन अध्यक्ष जोशीसहित २४९ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिए।

उनका अनुसार नगर विकास समिति तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मी,तत्कालीन योजना प्रमुखहरु बलबहादुर कडायत,झप्पर सिंह विश्वकर्मा, तत्कालीन सदस्य सचिव अम्बादत्त जोशी, तत्कालीन नापी अधिकृतहरू मान बहादुर चन्द, गणेशबहादुर बम, तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट,समितिका खरीदार धनीराम भण्डारी, सब ओभरसियर नेब बहादुर रावल,तत्कालीन फिल्ड सुपरभाइजर देवीलाल घिमिरेलगायत दुई सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष जोसीलाई २ करोड १२ लाख ४० हजार ९४४ रुपैयाँ बिगो र कैद सजाय माग गरिएको अख्तियारले जनाएको छ।

उनले टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्ति विशेषको नाममा दाखिला गरेको पुष्टि भएको अख्तियारको ठहर छ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *