शेयेर गर्नुहोस
टीकापुर, ६ फागुन । कैलालीको टीकापुरमा एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ शक्तिनगरकी एक वर्षीया आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका मुद्दा शाखा प्रमुख निरक रावलका अनुसार बुबा खुशीराम चौधरी र आमा सृतना चौधरीकी छोरी आरोहीको शनिवार धारा नजिकै रहेको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो । आमा सृजनाले चमेलीपुरस्थित माइतीघर गएका बेला छोरीलाई पनि सँगै लिएर गएकी थिइन् ।
नल्कामा भरेर राखिएको पानीको बाल्टीमा डुबेर आरोहीको मृत्यु भएको प्रहरीले बताएको छ । उनको शव टीकापुर अस्पतालमा पोस्टमार्टम गरेर परिवारले लगिसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गर्दै छ ।















