नेदरल्यान्ड्सका आर्यनको कडा बलिङले एक सय २३ रनमा समेटियो नामिबिया

शेयेर गर्नुहोस

काठमाडौं, ७ फागुन । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत तेस्रो खेलमा नामिबयाले नेदरल्यान्ड्सविरुद्ध १ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ । आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबया ३५.१ ओभरमा अलआउट हुन पुगेको हो ।

दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिए । नामिबियाका लागि जोनाथन स्मिथले सर्वाधिक २६ रनको योगदान दिए । उनले एक चौका र २ छक्का हिर्काए ।

त्यस्तै, रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए । उनले एक छक्का प्रहार गरे । विकेटकिपर जेन ग्रिनले १९ रन बनाउँदा निकोलास डेभिन र कप्तान जेरहार्ड इरास्मसले १३–१३ रनको योगदान दिए । नेदरल्यान्ड्सका लागि कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए ।

त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed